Run For Nepal 2018

Event Date: 18 Aug 2018 | Source: NRNA FINLAND
नमस्कार
हरेक सालझैं यसपटक पनि मैत्रीपूर्ण दौड प्रतियोगिता Run For Nepal आगामि अगष्ट १८, २०१८ मा आयोजना गर्न लागिएको छ । गत फेब्रुवरीमा हेलसिन्कमा सम्पन्न नोर्डिक भेलामा नोर्डिक देशहरुमा संयुक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय भएअनुसार Run For Nepal चारवटा नोर्डिक देशहरु फिनल्याण्ड, स्वीडेन, नर्वे, र डेनमार्कमा पनि आयोजना गरिनेछ । 
हरेक साल कुनै एक सामाजिक कार्यका लागि हामी दौडिदै आएका छौं । गत बर्षको Run For Nepal बाट संकलित रकम तराईका बाढीपिडित र धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरिएको थियो । 
यसपटक नेपाल सरकारले सुरु गरेको विद्यार्थीको अविभाभकत्व ग्रहण कार्यक्रमलाई सहयोग पुग्ने गरि एउटा परियोजना सञ्चालन गर्ने निर्णय भएको छ । यस सम्वन्धमा नेपाल सरकार शिक्षा मन्त्रालाय र गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय समितिसंगको सहकार्यमा कुनै एक पिछडिएको क्षेत्रका कमजोर आर्थिक अवस्थाका कारण विद्यालय जान नसकिरहेका बालवालिकाहरुलाई शिक्षा आर्जनार्थ सहयोग गर्ने योजना तयार गरिरहेका छौं । निकट भविष्यमा यस बारे विस्तृत जानकारी गराउनेछौं । 
Date:

 

Saturday, August 18 at 1 PM - 5 PM UTC+03