Run for Nepal 2019

Event Date: 18 Aug 2019 | Source: NRNA FINLAND

नमस्कार
हरेक सालझैं यसपटक पनि आगामि अगष्ट १८ मा आयोजना हुन लागेको मैत्रीपूर्ण दौड प्रतियोगिता Run For Nepal मा यहाँहरुलाई गैर अवासीय नेपाली संघ फिनल्याण्ड हार्दिक निमन्त्रणा गर्दछ ।
RUN for Nepal मा सहभागी हुन;
info@nrna.fi मा ईमेल गरि आफ्नो नाम र उमेर खुलाई आफ्नो सहभागिता बारे जानकारी गराउने । दर्ता निःशुल्क छ ।
– हाम्रो बजार हाकानियमि वा एनआरएनए फिनल्याण्डका पदाधिकारीहरुसंग सम्पर्क गरि टिसर्ट लिने
– प्रतियोगिता सधै प्रतियोगिता हुने गरेको स्थल, माल्मि एयरपोर्ट छेउमा लागभग ६ कि.मी लामो दुरीमा गराईनेछ ।

प्रतियोगितामा निम्न उमेर समूहहरुमा प्रतिश्पर्धा गराईने छ ।
– पुरुषः १६ बर्ष र सो भन्दा मुनी
– पुरुषः १७ – ३९ बर्ष
– महिलाः १६ बर्ष र सो भन्दा मुनी
– महिलाः १७ – ३९ बर्ष
– पुरुषः ४० बर्ष र सो भन्दा माथि
– महिलाः ४० बर्ष र सो भन्दा माथि
प्रत्येक उमेर समूहबाट पहिलो, दोश्रो र तेश्रो स्थान हाशिल गर्ने प्रतियोगीलाई मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगितामा सहभागि हुने नाम दर्ता गराउने अन्तिम मितिः १७ अगष्ट २०१९