छैठौं साधारण सभा तथा नयाँ कार्यसमितिको निर्वाचन २०१९

Event Date: 31 Aug 2019 | Source: NRNA FINLAND

गैर आवासीय नेपाली संघ फिनल्याण्डको छैठौं साधारण सभा तथा नयाँ कार्यसमितिको निर्वाचन २०१९ मा यहाँहरुलाई हार्दिक निमन्त्रणा गर्दछौं । साभामा संस्थाको २०१७-२०१९ का गतिविधि तथा आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछन् र आगामि कार्यकाल २०१९-२०२१ लागि आर्थिक सामाजिक गतिविधिका योजनाहरु प्रस्ताव गरिनेछन् । त्यस्तै नयाँ कार्यसमितिको निर्वाचन समेत हुनेछ ।
सभामा दर्शकको रुपमा सबैले सहभागी हुन पाउनुहुनेछ भने नयाँ कार्यसमितिको निर्वाचनमा मतदान भएको खण्डमा मतदान प्रकृयामा भने नयाँ सदस्यता लिनुभएका वा सदस्यता नविकरण गर्नुभएका सदस्यहरु मात्र सहभागी हुन सक्नुहुनेछ ।