फिनल्याण्डको राजधानी हेल्सिन्किमा "वल्र्ड भिलेज फेस्टिफल"

Published On: Saturday, May 26, 2018 | Source: NRNA FINLAND
                  फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो संस्कृति प्रदर्शन गरेको छ । फिनल्याण्डमा सक्रिय विभिन्न क्षेत्रको विकासका लागि सक्रिय संस्थाहरुको छाता संगठन "केपाले" अयोजना गरेको "वल्र्ड भिलेज फेस्टिफलमा", गैर अवासीय नेपाली संघ फिनल्याण्डको संयोजनमा नेपाली संगित, कला र भेषभूषाको प्रदर्शनी भएको हो । कार्यक्रममा  विभिन्न नेपाली गीतमा नृत्यका साथै  नेपाली पोषाकको प्रदर्शनी गरिएको  थियो ।
सन् १९९५ देखि हरेक बर्ष आयोजना हुने गरेको फेस्टिफलमा फिनल्याण्डमा रहेका विभिन्न समुदायहरुले आ–आफ्नो भाषा, संस्कृति, कला र भेषभूषाको प्रवद्र्धन गर्ने गर्दछन् । नेपाली समुदायको प्रस्तुतीलाई स्थानीय दर्शकले रुचीपूर्वक अवलोकन गरेका थिए ।