अप्रील १० मा ‘मह-यात्रा फिनल्याण्ड’


यहि अप्रिल १०, आइतबारका दिन गैरआबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फिन्ल्याण्डले मह जोडीको बिशेष प्रस्तुती सहित साँस्कृतिक कार्यक्रमको आयोजना गर्दैछ।

Source: NRNA Finland

श्री जन्मभूमि प्रा.बि.को पुनर्निर्माण सम्पन्न


रामेछाप जिल्लाको भीरपानी ३, आँपचौरस्थित श्री जन्मभूमि प्राथमिक बिद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ| महाभूकम्पमा परि बिद्यालय पूर्ण रुपले भत्किएको थियो| NRNA फिनल्याण्डको संयोजकत्वमा सम्पूर्ण फिनल्याण्डबासि नेपालीको सहयोगमा संकलित रकमले उक्त पुनर्निर्माण सम्पन्न भएको हो|

Source: NRNA Finland

वार्षिक प्रतिवेदन प्रस्तुत


NRNA फिनल्याण्डको वार्षिक प्रतिवेदन यहि सेप्टेम्बर २५ मा साधारण सदस्यहरुबीच प्रस्तुत गरिएको छ।

Source: NRNA Finland

हेलसिन्कीमा ‘नेपाली भाषा तथा अभिव्यक्ती तालिम’


NRNA फिनल्याण्डले डिसेम्बर २०१६ देखि नेपालीभाषी बालबालिकालाई लक्षित गर्दै “नेपाली भाषा तथा अभिव्यक्ती तालिम” सन्चालन गर्दैछ। यो तालिम ७ देखि १७ वर्ष उमेर समूहलाई नि:शुल्क प्रदान गरिनेछ। बहुसाँस्कृतिक संस्थाहरुको सन्जाल Moniheli Ry को आर्थिक सहयोगमा सन्चालन हुने तालिम करिब ६ महिना चल्नेछ।

Source: NRNA FINLAND